Like us!
Follow us!
Connect us!
Watch us!

कसैको खल्तिको चिटबाट योजना बनाउने दिन गए : डा. रामकुमार फुयाल

शुक्रबार, २२ भदौ २०७५, १८ : ३६ मा प्रकाशित

कसैको खल्तिको चिटबाट योजना बनाउने दिन गए : डा. रामकुमार फुयाल

अर्थ संसार, काठमाडौं– राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आयोगले दिर्घकालिन सोच सहितको तथ्यपरक नीतिमा आधारित योजना बनाउने र त्यसलाई तदारुकताका साथ कार्यान्यवन गराउने बताउनुभयो । उहाँले हाम्रा अग्रजहरुले अघि सारेका राम्रा उत्पादनशिल र भविष्यमा त्यसबाट देशलाई रुपान्तरण गर्न सक्ने संभावना भएका चिजहरुलाई हामीले फिल्टर गरेर कार्यान्वयन गर्छौं भन्नुभयो ।

सदस्य फुयालले आयोगले नयाँ कामको सुरुवात गरेको बताउँदै “भन्नुभयो अवको पाँच वर्षमा हामी कहाँ पुग्ने, १० वर्षमा के उपलव्धी हासिल गर्ने र २० वर्षमा हाम्रो भिजन के हुने र अनन्तकालमा हामी कहाँसम्म पुग्ने भन्ने दृष्टान्त हेरेका छौं ।” अहिलेको यो संवेदनशिल, चुनौतिपुर्ण र धेरै अवसरहरु भएको घडिमा भिजन डकुमेन्टको तयारीमा जुटेको बताउँदै १५ औं आवधिक योजना तयार गर्न १४ औं योजनाको समिक्षात्मक काममा व्यवस्त रहेको बताउनुभयो ।

समिक्षामा के कुरा विस्थापित गर्न र के कुरा स्थापित गर्ने भनेर विज्ञसंग वहस छलफल सल्लाह लिइरहेको फुयालले बताउनुभयो । उहाँले भन्नुभयो “अवको योजना भनेको पूर्ण योजना हुनेछ । कसैको भावनामा डुबेर कसैको खल्तिको चिटबाट योजना बनाउने दिन गए ।” अवका योजना भनेको अत्यन्तै गम्भिर भएर फिजिविलिटी स्टडी गरेर इआइए गरेर देशको संभाव्यवता लागत लाभको पुर्ण अध्ययन गरेको रिर्पाेट र रिसर्चको अधारमा आएका योजनाका आधारमा मान्यता दिइने बताउनुभयो ।

उहाँले हाम्रो देशको संभाव्यता के हुन, कुन चाहीं लागत लाभको आधारमा थोरै लगानी गरी धेरै प्रतिफल लिन सक्छौं, देशलाई आर्थिक रुपमा छिट्टै समृद्ध बनाउन सक्छौं त्यस्ता योजनाको अध्ययन भैरहेको बताउनुभयो । सिन्धुलीका स्थायी बासिन्दा समेत रहनुभएको फुयालले सिन्धुली ठुला फाँटहरु, जडिबुटी, पशुपालन, राजनीतितिक रणनीतिक महत्व बोकेको चीन र भारत जोड्न सक्ने जिल्ला भएको बताउँदै यसको विकासका निम्ति सुनकोशी डाइभर्सन चियाबारी सुरुङमार्ग मात्र सिमित नभएर सिंगो भारतसंग जोडेर कसरी फाइदा दिन सकिन्छ भनेर योजना निर्माण गरिनुपर्ने बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको