Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री

आइतबार, २४ भदौ २०७५, १६ : ०७ मा प्रकाशित

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री

अर्थ संसार, काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताउनुभएको छ ।

यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्धमा थप उचाइ दिएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले यस्ता कार्यक्रममा विद्यार्थीको सहभागिताले दुई देशबीचको सम्बन्ध विस्तारका साथै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“दुई देशका यस्ता विद्यार्थी हाम्रा सम्बन्धका वास्तविक राजदूत हुन् । यिनीहरुले दुई छिमेकीको सम्बन्धको प्रवद्र्धन गर्नेछन् ।”

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई देशको सम्बन्ध प्रवद्र्धनमा यस्ता गतिविधिले महत्वपूर्ण साधनका रुपमा काम गर्ने बताउँदै विद्यार्थीको सिर्जनशील क्षमता र कलाको प्रशंसा गर्नुभयो । तीन प्रतियोगितामा २०१ विद्यालयबाट दुई हजार ३०० विद्यार्थी सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको