Like us!
Follow us!
Connect us!
Watch us!

अन्नपूर्णमा शनिबार ‘सर्जक सम्मान २०७५’ हुने

आइतबार, २४ भदौ २०७५, १७ : १८ मा प्रकाशित

अन्नपूर्णमा शनिबार ‘सर्जक सम्मान २०७५’ हुने

अर्थ संसार, काठमाडौं - अभिनेता तथा मोडल प्रशान्त तम्राकार, पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आयुसी शाह लगायत नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार होटल अन्नपुर्णमा आयोजना गर्न लागेको ‘सर्जक सम्मान २०७५’ मा उनीहरुलाई सम्मान दिइने भएको हो ।

कार्यक्रममा मोडलका साथै अभिनेता अभिनेत्री, गायक गायिका, संगीतकार , चलचित्रका निर्देशक, पत्रकार, सौदर्य ब्यवसाहिका साथै राष्ट्रिय स्तरका खेलाडीलाई पनि सम्मान गरिने छ । बिभिन्न क्षेत्रमा रहेर एक दशक भन्दा बढि समय बिताएका ब्यक्तिलाई ‘सर्जक सम्मान २०७५’ बाट सम्मानित गर्न लागेको आयोजक नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले बताए ।

अमेरिकामा पनि साखा बिस्तार गरेको खुसी साट्ने उदेश्यले आयोजन ागर्न लागिएको कार्यक्रममा संघले आगामी नोभेम्बरमा अमेरिकामा आयोजना हुने नेपाल मोडलिङ अवार्ड २०७५ को पनि बिभिन्न पक्षबारे जानकारी गराउने जनाएको छ ।

ललितपुरको कुपन्डोलमा रहेको नेपाल मोडलिङ संघले अमेरिकाको ब्रुमफिल्ड कोलराडोमा नवराज श्रेष्ठको अध्यक्षमा आफ्नो साखा बिस्तार गरेको हो । श्रेष्ठ युएसए चलचित्र संघका अध्यक्ष पनि हुन् ।

देशको सातै प्रदेशमा साखा बिस्तारको तयारी समेत गरेको संघले अमेरिकाको साखासँगको सहकार्यक्रम अमेरिकामा अवार्ड गर्न लागेको हो । मोडलिङमा लागेकालाई प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले संघले अवार्ड आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

5b95062520b5f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको