Like us!
Follow us!
Connect us!
Watch us!

ठमेलमा ‘इविजा फेसन नाइट’ फेसन शो (फोटोफिचर)

सोमबार, २५ भदौ २०७५, १७ : ३८ मा प्रकाशित

ठमेलमा ‘इविजा फेसन नाइट’ फेसन शो (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–  ठमेलको नसिङचोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो ।

विन्टर सिजनको अन्त्यसँगै आयोजना गरिएको ‘इविजा फेसन नाइट २०१८’को भब्य डेकोरेसन तथा झिलिमिलि सजावटले उपस्थित सबैलाई लोभ्याउथ्यो ।  डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक्षा मानन्धर, सुचिना श्रेष्ठ र र्याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनहरुलाई १२ फिमेल तथा ४ मेल मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।

अभिनेत्री स्वस्तिमा खड्का, अन्तराष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की सो टपर रहेको फेसन शो श्रृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सो संचालन गरेकी थिइन् ।

इवीजा लाउन्ज एण्ड बारको आयोजना र नेक्स्ट मोडल्स नेपालको ब्यवस्थापनमा आयोजित फेसन शोले नेपाली फेसन जगतलाई थप उचाही प्रदान गर्न मद्दत पुग्ने आयोजकको भनाई रहेको छ ।फेसन सो मार्फत नेपाली पहिरन तथा नेपाली मोडलिङ क्षेत्रलाई उचाहीमा पुर्याउन इवीजा फेसन नाइट २०१८ सहायक सिद्ध हुने इवीजा लाउन्जका कार्यकारी निर्देशक राजु दनइले बताए ।

अभिनेत्री संध्या केसी, अभिनेता तथा अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, अभिनेता नाजिहर हुसेन लगायत बिभिन्न चर्चित सेलिब्रेटीको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।क्रियटिभ स्टेज, अन्तराष्ट्रिय स्तरको सजावट र फेसन पारखिको उल्लेखनिय उपस्थिती रहेको फेसन सोले सिङ्गो मोडलिङ जगतलाई समेत उचाही थपेको फेसन शो ब्यावस्थापन जिम्मा लिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाले बताए ।

5b965f2ce5b75.jpg 5b965f3256411.jpg 5b965f36ee34f.jpg 5b965f39c6c7f.jpg 5b965f3b8c9a6.jpg 5b965f4544ad5.jpg 5b965f482b03a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको