Like us!
Follow us!
Connect us!
Watch us!

किन पटक पटक रोकिन्छ चीन जोडने राजमार्ग ?

बुधबार, २७ भदौ २०७५, ११ : ३९ मा प्रकाशित

किन पटक पटक रोकिन्छ चीन जोडने राजमार्ग ?


अर्थ संसार, काठमाडौँ – उच्च क्षमताको उपकरणको अभावमा पहिराले अवरुद्ध धुञ्चे –स्याफ्रु खण्डको पासाङल्हामु राजमार्ग पछिल्लो ५ दिनदेखि खुल्न सकेको छैन ।

पहिरो क्षेत्रको राजमार्ग स्काभेटरले चलाउन नसकिने ठूलाठूला ढुङ्गा दबिएको भेटिएकाले ढुङ्गा फुटाल्न डिभिजन सडक कार्यालयले उपलब्ध गराएको बे्रकर मेशिनको शक्ति नपुग्दा राजमार्ग खुलाउन ढिलाइ भएको हो ।

 डिभिजन सडक कार्यालयसँंग समन्वय गरी उच्च क्षमताको उपकरण दक्षिणी रसुवाबाट ल्याउने तयारी भरहेको छ

पहिरो पन्छाउने काम शुरु गर्नुपूर्व तीन ठूला ढुङ्गा देखिएको भए पनि उपकरणले खोतल्दै जाँदा पहिराको भित्री भागमा पूरै चट्टान  भेटिएपछि राजमार्गको अबरोध हटाउन ढिलाइ भएको हो ।

पहिराले लगभग १०० मिटरभन्दा बढी दूरी सडक पुरेकाले यति दिनमा खोल्न सकिन्छ भन्ने अनुमान गर्न गाह्रो पर्दै गएको सडक प्राविधिकले बताएका छन् । आजको प्रयास भने पाँच प्रतिशत मात्र पूरा भएको बताइएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भने ५०० भन्दा बढी मालवाहक डिब्बा काठमाडौँ प्रस्थान गर्न टिमुरेमा तयारीमा रहेको बताउनुभयो ।

केरुङतर्फ सामान लिन रसुवागढीतर्फ जान लागेका सयौँ कण्टेनर डिब्बा धुञ्चेलगायत कालिकास्थान क्षेत्रमा रोकिएर बसेको ट्राफिक प्रहरीले बताएको छ ।

एकता व्यापार महासङ्घ महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाले भन्सार जाँच पास भएका कण्टेनर दुई तीन दिनभित्रै काठमाडौँ पुग्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको