बिहिबार, २९ कार्तिक २०७५, २३ : २०
एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैकासुरेन्स सम्झौता
बुधबार, २७ भदौ २०७५

अर्थ संसार,काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स  बैंक  लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच मंगलबार बैकासुरेन्स सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स बीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
 
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बि. के. महर्जनले संयुक्त रुपमा हस्ताक्षर  गरेका थिए ।

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved