Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे कम्पनीको निर्माणाधिन आयोजना सकिए : अब कुन बनाउँछ ?

बुधबार, २७ भदौ २०७५, १५ : ४१ मा प्रकाशित

चिलिमे कम्पनीको निर्माणाधिन आयोजना सकिए : अब कुन बनाउँछ ?

अर्थ संसार, काठमाडौँ - चिलिमे जलविद्युत् आयोजनाका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना आगामी वर्ष सम्पन्न हुँदैछन् । नेपाली लगानीमा नै सस्तोमा आयोजना बनाउन चिलिमेले अगाडि सारेको मोडल नै नेपालको हितका लागि प्रभावकारी देखिएको छ ।

आगामी वर्ष २७० मेगावाट क्षमताका आयोजना चिलिमे जलविद्युत् कम्पनी र उसका सहायक कम्पनी मार्फत निर्माण सम्पन्न हुने चरणमा पुगेको भएपनि त्यसपछि के भन्ने प्रश्न उठन थालेको छ ।

आगामी वर्षभित्र २७० मेगावाट बराबरका निर्माणाधिन आयोजना पूरा भएपछि चिलिमेको वार्षिक आम्दानी रु १० अर्ब पुग्नेछ । उक्त आम्दानीलाई चिलिमेले अरु आयोजनामा लगानी गर्नकालागि पनि उसलाई तत्काल सहज मानिएका आयोजनाको खाँचो देखिएको छ ।

जलविद्युत् आयोजनाको लाइसेन्स दिने विद्युत् विकास विभागले काम नगर्ने प्रवद्र्धक एवम् कम्पनीलाई धमाधम आयोजनाको अनुमति दिएपनि चिलिमे कम्पनी र उसका सहायक कम्पनीलाई आयोजना दिन कन्जुस्याइ गरिरहेको छ ।

आयोजनाका निर्माण सकनि थालेपनि चिलिमेले नयाँ आयोजना पाएको छैन् । आयोजनाको अभावमा कम्पनी धारासायी बन्न सक्ने खतरा पनि बढेको छ । सस्ता र आर्कषक आयोजना दिएर उसलाई लगानीका लागि अभिप्रेरित गर्नुपर्नेमा सरकारले समेत त्यसलाई ध्यान दिन सकेको छैन ।

चिलिमेका सहायक कम्पनी मध्ये रहेको रसुवागढी जलविद्युत् आयोजनाले १११ मेगावाट क्षमताको रसुवागढी निर्माण गरिरहेको छ । सो आयोजना आगामी बर्ष सम्पन्न हुने छ । यस्तै १०१ मेगावाट क्षमताको मध्य भोटेकोशी पनि निर्माण सम्पन्न हुने चरणमा रहेको छ । यस्तै कूल ४८ मेगावाट क्षमताका माथिल्लो साञ्जेन र साञ्जेन निर्माणको चरणमा छन् । ती आयोजना पनि आगामी वर्ष सकिदैछ ।

चिलिमेको निर्माण सम्पन्न भएको २२ मेगावाट, निर्माणाधिन २७० मेगावाट, सर्वेक्षण अनुमति पाएका ५४५ मेगावाट र सर्वेक्षण अनुमतिका लागि निवेदन दिएका २३५ मेगावाटका जलविद्युत आयोजना समेत गरि चिलिमेले एक हजार ७० मेगावाट बराबरका जलविद्युत आयोजनामा हात हालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको