Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा उल्लेख्य वृद्धि , नयाँ रेकर्ड कायम

बुधबार, २७ भदौ २०७५, १६ : ०५ मा प्रकाशित

शेयर बजारमा उल्लेख्य वृद्धि , नयाँ रेकर्ड कायम

अर्थ संसार, काठमाडौँ–  शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । यो पछिल्लो दिमना भएको यस साताकै उच्च वृद्धि हो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ ।

कूल १६५ कम्पनीको रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्य बराबरको शेयर किनबेच भएको हो ।

स्टककाअनुसार आज होटल १.४१ ,  फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले  घटेपनि अरु उपमूहको शेयर भने वृद्धि भएको छ ।

स्टककाअनुसार बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत ४.८१, निर्जीवन बीमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बमिा समूह ३.९८ बिन्दुले बढेका छन् ।

कारोबारका आधारमा यस दिन एनआइसी एसिया बैंकको शेयर कारोबार आज अग्रस्थानमा रहेको छ । सो बैंकको रु चार करोड ८९ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ ।

यस्तै ग्लोबल आइएमई बैंकको रु तीन करोड  ६९ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै रिडी हाइड्रोपावर कम्पनी  र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको