Like us!
Follow us!
Connect us!
Watch us!

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग पराजित

बुधबार, २७ भदौ २०७५, १८ : १४ मा प्रकाशित

साफ च्याम्पियनसिप :  नेपाल माल्दिभ्ससँग पराजित

अर्थ संसार, ढाका - माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो ।

माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।१९ वर्षको बीच चौथो पटक सेमिफाइनल खेल्दा नेपाललाई एक पटक पनि सफलता मिल्न सकेको छैन ।

च्याम्पियनसिपका पछिल्ला दुई सेमिफाइनलमा जस्तै नेपालले यसपटक पनि गोल गर्न सकेन ।

सन् १९९९ को सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपालले ६२ औं मिनेटमा २ गोल गरेपछि नेपालले ७४ औं मिनेटमा गोल फर्काएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको