Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले २ जना, ट्र्याक्टर र घर बगायो

बुधबार, २७ भदौ २०७५, १९ : ३३ मा प्रकाशित

बाढीले २ जना, ट्र्याक्टर र घर बगायो

अथ संसार, लमजुङ -  मस्र्याङ्दी गाउँपालिकाको तोब्रो खोलामा आएको बाढीले एउटा ट्र्याक्टरसहित दुई घर बगाएको छ । मस्र्याङ्दी–४ ताघ्रिङको रामबजारस्थित जीतबहादुर गुरुङ र दमै गुरुङको घर आज अपराह्न बगाएको हो ।

लमजुङ–मनाङ सडकखण्डअन्तर्गत पर्ने सो खोलामा आएको बाढीले घर नजिकै पार्किङ गरिराखेका एउटा ट्र्याक्टर र तीनवटा मोटरसाइकल पनि बगाएको स्थानीयवासी बलबहादुर गुरुङले जानकारी दिनुभयो । बाढीका कारण रामबजारमा रहेको विनु गुरुङको घर जोखिममा परेको छ ।

यस्तै माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको कार्यालय र अन्य घर पनि जोखिममा रहेका स्थानीवासीले बताएका छन् । तीन दिनअघि देखि परेको अविरल वर्षाका कारण लमजुङका अधिकांश स्थानमा बाढी र पहिरोको जोखिम भएको छ ।

ठाउँठाउँमा गएको पहिरोको कारण बेशीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा तत्काल घटनास्थल पुग्नसक्ने अवस्था नरहेको प्रजिअ झङ्कनाथ ढकालले बताउनुभयो । बाढीका कारण अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ ।

यसैगरी दोर्दी जलविद्युत् आयोजनामा काम गर्दै गरेका दुई जनालाई मस्र्याङ्दीले बगाएको छ । बेशीशहर नगरपालिका–१० चितीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्षमण थारूलाई मस्र्याङ्दीको भेलले बगाएको हो ।

मस्र्याङदी किनारमा रहेको दोर्दी पावर हाउसमा काम गर्दै गर्दा एक्कासि बाढी आएपछि उनीहरुलाई नदिले बगाएको थियो । नदीले बगाएका दुईजनाको नाम यकिन भए पनि उनीहरुको ठेगाना स्पष्ट नभएको प्रहरी नायब उपरीक्षक यादव ढकालले बताउनुभयो । अविरल वर्षा र नदीको ठूलो भेलले गर्दा खोजी कठिन भएको प्रहरीले जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको