Like us!
Follow us!
Connect us!
Watch us!

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

सोमबार, १८ पुस २०७३, १५ : ३६ मा प्रकाशित

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

अर्थ संसार

काठमाडौं–वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्षको अबसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुनासम्म थप डाटा उपलब्ध गराउने अफर सार्बजनिक गरेको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छन् । यस्तै राउटर र तीन महिनासम्म इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत निशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइने कम्पनीको विज्ञप्तिमा उल्लो छ । यस्तो योजना एक बर्षको इन्टरनेट सेवा लिँदा उपलब्ध हुने छ । 

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ । 

वल्र्डलिंक २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवासमेत प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् । 

586a23cee1a66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको