Like us!
Follow us!
Connect us!
Watch us!

“एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”

बुधबार, २७ भदौ २०७५, १८ : १८ मा प्रकाशित

“एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”

अर्थ संसार, काठमाडौं– नीजि क्षेत्रको सवै भन्दा ठूलो बैंक एनआइसी एशिया बैंकले दुइ नयाँ चमत्कारी कर्जा योजना ल्याएको छ ।

बैंकले “एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने मुल नाराको साथ एकैसाथ दुई कर्जा योजना सार्वजानिक गरेको हो । एनआइसी एशियाको दुई चमत्कारी योजना यस्ता छन् ।

चमत्कारी घर कर्जा

 चमत्कारी घर कर्जाको भुक्तानि अवधि ५० बर्षको रहनेछ भने मासिक ब्याजदर ०.९ प्रतिशत तोकेको छ । यस किस्तामा ग्राहाकहरुले आफ्नो आम्दानी अनुसार आफै मासीक किस्ता निर्धारण गर्न सक्नेछन ।

घर कर्जा अन्तरगत आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने व्यवस्था रहेको छ ।

कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने छ भने आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने बैंकले जनाएको छ ।

चमत्कारी सवारी कर्जा

त्यस्तै बैंकको तुरुन्तै कर्जा स्वीकृति  हुने सवारी कर्जा योजनाअन्तरगत नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहनेले फाइदा लिन सक्ने जनाएको छ ।

यस कर्जा योजना अन्तरगत १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि तोकिएको छ । भने बैंकले मासिक ब्याजदर ०.९ प्रतिशत तोकेको छ ।

यस कर्जामा सवारीको मुल्य अनुसार न्यूनतम मासिक एघार हजार रुपैयाँबाट नै किस्ता रकम सुरु हुने छ भने आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने छ ।

सवारी कर्जा लिने ग्राहाकहरुलाई बैंकले प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको