Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको शाखा बौद्ध र कलंकीमा

विहीबार, २८ भदौ २०७५, १९ : ०३ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको शाखा बौद्ध र कलंकीमा

अर्थ संसार,काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बिहीबार दुई नयाँ शाखा खोली सेवा शुरु गरेको छ । इन्स्योरेन्सले आफ्नो  ३८ औं शाखा काठमाडौंको बौंद्ध र ३९ औं शाखा कलंकीमा  खोलेको हो ।

यी दुई बौद्ध र कलंकीमा खोलिएको नयां शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं र कम्पनीका अध्यक्ष मनोहर दास मूलले संयुक्त रुपमा गर्नुभएको थियो ।

कम्पनीले बिहीबार नै सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरियो । उत्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै FAIR Underwriting, SMART Claim Services   को सुबिधा प्राप्तगर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सकिनेछ ।

हालै मात्रसंयुक्त अधिराज्यमा रहेको United Registrar of Systems बाट गरिएको बिस्तृत लेखापरीक्षण पश्चात यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ISO Standard Certificate,ISO 9001 : 2015 प्रदान गरिएको कम्पनीले जनाएको छ ।बिगतमाझैं आगामी दिनमा पनि हामी हाम्राग्राहकहरुलाई स्तरीय सेवाप्रदान गर्ने प्रतिवद्धता कम्पनीले गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको