Like us!
Follow us!
Connect us!
Watch us!

दाङमा कल गर्ल, सेक्स र्याकेट संचालन,ग्राहकहरु नेता देखी ठेकेदारसम्म

शुक्रबार, २९ भदौ २०७५, ११ : १३ मा प्रकाशित

दाङमा कल गर्ल, सेक्स र्याकेट संचालन,ग्राहकहरु नेता देखी ठेकेदारसम्म

अर्थ संसार, काठमाडौँ- दाङको घोराहीमा सेक्स ¥याकेट संचालन भइरहेको रहस्योद्घाटन भएको छ । घोराहीमा संचालनमा रहेका करीब आधा दर्जन होटेलहरुमा अबैध रुपमा कल गर्लहरु राखी नियमितरुपमा कल मार्फत गर्लहरु उपलब्ध गराउँदै आएको बताइएको छ ।

केहि दिन अघि दाङको लमही  बजार स्थित एक सेकुवा कर्नरमा कल गर्ल बोलाई दुई जनासँ यौन सम्बन्ध राख्नुपर्ने प्रस्ताव अस्विकार गर्दा आफुमाथी हातपात भएको कल गर्ल  जानिका राव (नाम परीवर्तनले ) बताउनुभयो ।

“पहिला  ३५ सयमा एक रातको डिलभयो, एकजनाम संग मात्र सहबास गर्ने कुरा थियो, तर पछि २ जना संग यौन सम्पर्क गर्न भनियो मैले मानिन , अनि म माथी हातपात भयो  ” । आफुलाई ललाई फकाई राम्रो काम लगाईदिने बहानामा यौन पेशामा होटेल मलिकले जबर्जस्ति फसाएको रावको भनाई छ । रावका अनुसार करीब १ सयको हाराहारीका घोराहीमा कर्लगर्लहरु रहेको रावले जानकारी दिनुभयो ।

होल नाइट स्टेको ग्राहक हेरी ६००० देखी ८००० सम्म लिने गरेको र त्यो मध्ये आधा पैसा यौनकर्मी ले पाउने र आधा होटेल मालिक, दलाल र ¥याकेट संचालकहरुले लिने गरेको रावले जानकारी दिनुभयो ।“हाम्रा ग्राहकहरु पल्लेदार देखी, नेता, पत्रकार, प्रहरी , व्यवसायी, ठेकेदारहरु सम्म हुन्” रावले भनिन् ।

 बैकल्पिक पेशा नभएका कारण आफूहरु यो पेशामा संलग्न हुन बाध्य भएको रावले भनिन् ।“रात भन्नु छैन, दिन भन्नु छैन मालिक र ग्राहकको इच्छा अनुसार जहाँ पनि जानु पर्छ ” रावले भन्नुभयो । ग्राहले बोलाउँदा घोराहीका भिआइपी होटेलहरु देखी तुृलसिपुर, लमही, भालुबाङ्ग, सल्यान सम्म आफुहरु जानेगरेको रावले खुलासा गरीन् ।

दाङमा देह ब्यापारमा संलग्न महिलाहरु १६ बर्षदेखी ३५ बर्ष सम्मका रहेका छन् ।यसरी देह व्यापार भइरहेको कुरा सबैलाई थाहा छ तर कोहि बोल्दैनन् । स्थानीय सरकारले कुनै सीपमूलक काम का लागि तालिम दिए आफुहरु यो पेशा छोडेर सम्मानीत पेशा अपनाउने रावको भनाई छ  ।

घोराहीको मुटुमै  धेरै  यस्ता देहव्यापार गर्ने होटेलहरु संचालनमा रहेका छन् । यस बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्मा संग बुझ्दा गैह्र कानुनीरुपमा देह व्यापार भए गरेको पाईए प्रहरीले नछोड्ने चेतावनी दिनुभयो ।

“नेपाल सरकारले अबैध भनेको कार्य कसैले गर्न पाउँदैन, गर्ने र गराउने दुवै लाई छोडिन्न ” शर्माले भन्नुभयो ।यसरी खुले आम यौन धन्धा हुँदा समेत कुनै निकायहरुबाट रोक टोक तथा अनुगमन नहुँदा समाजमा नकारात्मक असर पर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको