Like us!
Follow us!
Connect us!
Watch us!

‘कविता’ एल्बमको ‘पिरती लाउँदिन दुईतिर’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

शनिबार, ३० भदौ २०७५, १७ : २५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर...’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर...’ गीतको भिडियो सार्वजनिक भएको हो ।

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।

गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।

विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताईन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको