Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ५० दिन बितिसक्दा पनि निर्मलाको हत्यारा पत्ता लगाउन सकेन, न्याय माग्दै काठमाडौंमा प्रदर्शन

शनिबार, ३० भदौ २०७५, २० : ३१ मा प्रकाशित

सरकारले  ५० दिन बितिसक्दा पनि निर्मलाको हत्यारा पत्ता लगाउन सकेन, न्याय माग्दै काठमाडौंमा प्रदर्शन

अर्थ संसार, काठमाडौँ–  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ ।

‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाइमा उक्त प्रदर्शन भएको हो ।

माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन सयौँ सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुग्नुभएको थियो ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको