Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको शेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

आइतबार, ३१ भदौ २०७५, १० : १९ मा प्रकाशित

बैंक अफ काठमाण्डूको शेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

प्रमुख गतिविधि 

बैङ्कको गत असार २८ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले आव २०७३/७४ को मुनाफाबाट १३ दशमलव २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, नयाँ सञ्चालक समिति चयन गरेको छ । उक्त नयाँ चयन भएको सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठलाई नियुक्त गरेको छ ।

बैङ्क अफ काठमाण्डू लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, ३१ भदौ २०७५)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैङ्कले अघिल्लो आवको तुलनामा खुद मुनाफामा ११ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आव १ अर्ब ३९ करोड रुपैयाँ कमाएको बैङ्कले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ कमाएको छ । यही समयमा चुक्तापूँजी २६ प्रतिशत वृद्धि भयो ।

  • पूँजीवृद्धिको अनुपातमा खुद मुनाफाको वृद्धि सुस्त हुँदा बैङ्कको प्रतिशेयर आम्दानीमा सङ्कुचन आएको देखिन्छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७५ पैसाबाट घटेर २१ रुपैयाँ ८४ पैसामा सीमित भएको छ ।

  • कम्पनीले ७७ अर्ब ३० करोड निक्षेप सङ्कलन गरेको छ भने ६८ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप ११ प्रतिशत वृद्धि भयो भने कर्जा प्रवाह १६ प्रतिशत वृद्धि भएको छ ।

  • प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । कम्पनीले यस अवधिमा खुद ब्याज आम्दानीबापत ३ अर्ब ११ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, बैङ्कको सञ्चालन नाफा १४ प्रतिशत वृद्धि भएर २ अर्ब १६ करोड पुगेको छ ।

  • खुद शुल्क तथा कमिशन आम्दानी १२ प्रतिशत बढेर ४७ करोड ५ लाख रुपैयाँमा पुगेको छ ।

  • यो त्रैमासमा बैङ्कको निष्क्रिय कर्जामा सामान्य वृद्धि भएको छ । निष्क्रिय कर्जा १ दशमलव २९ प्रतिशतबाट बढेर १ दशमलव ३२ प्रतिशत पुगेको छ । त्यस्तै, बैङ्कले निष्क्रिय कर्जाका लागि १५३ दशमलव ८४ प्रतिशत रकम प्रोभिजन गरेको छ ।

  • बैङ्कले प्रकाशन गरेको प्रकाशित चौथोे त्रैमासको वित्तीय विवरणअनुसार कोषको लागत ७ दशमलव ८७ प्रतिशत, आधार ब्याजदर १० दशमलव ६७ प्रतिशत र वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ छ ।

निष्कर्ष :
समीक्षा अवधिमा बैङ्कको समग्रमा वित्तीय सूचकमा सन्तोषजनक सुधार गरेको देखिए तापनि निक्षेप सङ्कलन र कर्जा प्रवाहमा अझै केही सुस्त देखिन्छ । साथै, राष्ट्र बैङ्कले तोकेको न्यूनतम ८ अर्ब चुक्तापूँजी हासिल गर्न बैङ्कले १३ प्रतिशत पूँजी थप्नुपर्ने देखिन्छ ।

प्राविधिक विश्लेषण : बैङ्क अफ काठमाण्डू प्रतिरोध क्षेत्रमा

प्रतिरोध : ३१५ देखि ३२५ को क्षेत्र । हालको अन्तिम मूल्य : ३२० । टेवा १ : ३०० । टेवा २ : २९०

बजारको अवस्था
यस कम्पनीको १३ सेप्टेम्बर, २०१८ मा अन्तिम कारोबार मूल्य ३ सय २० मा छ । यो अघिल्लो दिनको भन्दा ९ रुपैयाँ अर्थात् २ दशमलव ८९ प्रतिशत बढी हो । यस दिन कम्पनीको २३ हजार १२ कित्ता शेयरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १६ हजार ५ सय ९ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण :
चार्टमा देखिएबमोजिम मूल्य प्रवृत्तिले गोलो आकृति बनाउँदै गरेको र हाल मूल्यले ३ सय १५ देखि ३ सय २५ को प्रतिरोधको सामना गरिरहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
मुभिङ एभरेज (एमए) : छोटो र लामो समयावधिका एमएहरू एकआपसमा फराकिलो हुँदै गएकाले बजारमा क्रेताको चाप बढी रहेको देखिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ७६ अङ्कमा छ । यसको प्रवृत्तिले बैङ्कको शेयर बढी खरीद भएको सङ्केत गरेको छ ।

स्टोकास्टिक अक्सिलेटर : यसको प्रवृत्तिले बजारमा पुनः क्रेताको चाप रहेको सङ्केत गरेको छ ।

निष्कर्ष : 
उल्लिखित केही सूचकहरू सकारात्मक देखिए पनि मूल्य प्रवृत्ति प्रतिरोध क्षेत्रमा रहेकाले लगानीकर्ताहरू सजग रहनुपर्ने हुन्छ । मूल्य ३ सय २५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने सङ्केत गर्दछ । अर्को तत्कालीन प्रतिरोध ३ सय ५० मा रहेको छ । त्यस्तै, तत्कालीन मनोवैज्ञानिक टेवा ३ सयमा रहेको छ भने त्यसपछिको अर्को टेवा २ सय ९० मा देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको