Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो सोमा ५ अर्बको कारोबार

सोमबार, ०१ असोज २०७५, ०८ : २४ मा प्रकाशित

नाडा अटो सोमा ५ अर्बको कारोबार

अर्थ संसार, काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजलेगरको अटोसोमा करिब ५ अर्ब रुपैया“कोकारोबार भएकोछ ।

सोमा २ हजार ४ सय सवारी साधन बुकिङ भएको जनाइएको छ । ६ दिन चलेको सो आइतबार सकिएको छ । आयोजकका अनुसार सोमा ८ सय चारपांग्रे र १ हजार ६ सय दुईपांग्रे सवारी बुकिङ भए ।

अटो सो ६५ हजारले अवलोकन गरको  नाडाका उपाध्य कृष्णप्रसाद दुलालले बताए । ‘सहभागीहरूको हिसाबले नाडा अटो सोबाट अत्यन्त उत्साहित छौं । ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरका छौं,’ उनलेभने ।

अवलोकनकर्ताको भीड दैनिक बढेको थियो। शनिबार मात्रै करिब १५ हजारले अटोसो अवलोकन गरका  थिए । सा“घुरो प्रदर्शनी हलका कारण थप अवलोकनकर्ताहरू आउन नसकेको उनलेबताए । ‘हरक जनतामा सवारीको चासो छ ।

दैनिक औसतमा १० हजारले अवलोकन गरका छन्,’ उनलेभने, ‘तर, सानोठाउँ भएर धेरैआउन सकेनन्।’ नयाँ मोडलका सवारीसँगै उपभोक्ता आकर्षित गर्न छुटका नयाँ नयाँ घोषणा गरिएका थिए ।

विभिन्न ब्रान्डले अटो सोको बेला गाडी किने क्यास छुट र लक्की ड्रमार्फत छुटसमेत सार्वजनिक गरका  थिए । जसलेगर्दा अवलोकनकर्ताको सहभागिता उत्साहजनक भएको जनाएको छ । केही कम्पनीहरूले कन्सेप्ट/फ्युचर कारसमेत प्रदर्शन गर्न राखेका थिए । प्रदर्शनीमा १९ ब्रान्डका चारपांग्रे तथा २० ब्रान्डका दुईपांग्रे सवारी साधन राखिएकोथियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको