Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंक बीच बैंकासुरेन्स सम्झौता

सोमबार, ०१ असोज २०७५, ०९ : १० मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंक बीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र जनताबैंकको तर्फबाटप्रमुख कार्यकारी अधिकृत  पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अन्र्तगतजनता बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

 सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममाबैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यको साधारण शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको