Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको कार्ड लिनुहोस्,न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउनुहोस्

सोमबार, ०१ असोज २०७५, १० : ५८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको कार्ड लिनुहोस्,न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउनुहोस्

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगरबीच गत बिहीबार  अस्पतालले प्रदानग र्ने विभिन्न सेवा तथा सुविधाहरुमादिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक  राजेश भट्टराई रग्लोबल आइएमई बैंक विराटनगरको  शाखा प्रबन्धक  शशि शेखर शर्माज्ले हस्ताक्षर गर्नुभएको हो ।
ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौतापश्चातन्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका, विराटनगरमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउन उद्देश्यले १३२ शाखा, १३७ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलनका उण्टर, १०२ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको