Like us!
Follow us!
Connect us!
Watch us!

सुडानमा नेपाली सेनालाई गोली लाग्यो, कसले हान्यो गोली ?

सोमबार, ०१ असोज २०७५, ११ : १६ मा प्रकाशित

सुडानमा नेपाली सेनालाई गोली लाग्यो, कसले हान्यो गोली ?

अर्थ संसार, काठमाडौँ– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।

आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी (एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ । यई भन्ने स्थानमा तैनाथ नेपाली सेनाको कम्पनी अपरेटिङ वेशबाट दैनिकरुपमा पानी ढुवानी गर्न खटिएको टोलीमाथि फर्कने क्रममा गोली प्रहार हुँदा सैनिक जवान घाइते भएको बताइएको छ ।

ती घाइते सैनिकको नाम भने नेपाली सेनाले उल्लेख गरेको छैन । सन् १९५८ देखि द्वन्द्वग्रस्त मुलुकमा विश्व शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाले ४२ वटा देशमा शान्ति स्थापनाका लागि योगदान पु¥याइसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको