Like us!
Follow us!
Connect us!
Watch us!

आधुनिक सामग्री प्रयोग गरेको भन्दै विरोध भएपछि रानी पोखरीको पुनः निर्माण रोकियो

सोमबार, ०१ असोज २०७५, ११ : २९ मा प्रकाशित

आधुनिक सामग्री प्रयोग गरेको भन्दै विरोध भएपछि रानी पोखरीको पुनः निर्माण रोकियो


अर्थ संसार, काठमाडौं– यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण शुरु गरे पनि आधुनिक निर्माण  सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको हो ।

  विसं २०७२  माघ महीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीमा  पुनःनिर्माणको शुभारम्भ गर्नुभएको थियो ।  उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।  मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका गर्छन् ।

कामपा, भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकेको हुनाले अब छिटो निर्माणको काम गर्ने तयारी भइसकेको जानकारी दिनुभयो । थापाका अनुसार अहिले पोखरी निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ, अबको केही दिनमा  बोलपत्रको समय सकिन्छ र आवश्यक सहमतिपछि निर्माण शुरु गरिन्छ ।

केही दिनअघि राष्ट्रिय पुनःर्मिाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको बताइसक्नुभएको छ ।

भूकम्प जाँदाको बेला पोखरीको स्वरुप जस्तो थियो सोहीअनुरुप निर्माण छिटो गर्न  समय समयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले ज्ञापनपत्र पनि पेश गरेका छन् ।  पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि  गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् विसं १७२५ मा सम्पन्न भएको थियो र विसं १७२७ मा शिलापत्र राखिएको थियो । नेपाल संवत् ८११ मा सो पोखरीलाई न्हुरपुखुर (न्हुपुखु) भनिएको छ  जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ । रानीको शोक हटाउन बनाइएका हुनाले बोलीचालीमा यसलाई रानीपोखरी नै भन्ने गरिएको छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्रबाट पनि प्रष्ट हुन्छ ।  पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन ।

  प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । पोखरीको दक्षिण भागमा प्रताप मल्ल आफ्ना छोराहरुसहित चढेको सेतो हात्तीको मूर्ति पनि छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको