Like us!
Follow us!
Connect us!
Watch us!

तीन अभियुक्त पक्राउ

मंगलबार, ०२ असोज २०७५, ०७ : ४४ मा प्रकाशित

तीन अभियुक्त पक्राउ

अर्थ संसार, साँखु–फरार तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई काठमाडौँको चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

यस्तै मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको