Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल हरायो, बिग्रियो ? अब चिन्ता नलिनुहोस्, मेरो सुरक्षामा मोबाइल बीमा गरी ढुक्का हुनुहोस्

मंगलबार, ०२ असोज २०७५, ०८ : ०० मा प्रकाशित

मोबाइल हरायो, बिग्रियो ? अब चिन्ता नलिनुहोस्, मेरो सुरक्षामा मोबाइल बीमा गरी ढुक्का हुनुहोस्

अर्थ संसार, काठमाडौँ– मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ ।

सोमबार एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल सुरक्षा योजनामा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्सले गर्नेछ । यसअघि मोबाइल सुरक्षा योजनाका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल बीमामा रुपान्तरण भएको हो ।

“मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहजरुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौँ” प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भन्नुभयो ।

“कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ” मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत सुनुवारले जानकारी दिनुभयो ।

हालसम्म मोबाइल सुरक्षा योजना २५ हजार बढीले खरीद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको छ । सोही कार्यक्रममा नायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसेडर नियुक्त हुनु भएको छ ।

ब्राण्ड एम्बेसेडर नियुक्त हुनुभएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्नसक्ने बताउनुभयो ।

5ba082120bf72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको