Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी फाइनान्सले ५.२६ प्रतिशत नगद लाभांश दिने

मंगलबार, ०२ असोज २०७५, ११ : ५४ मा प्रकाशित

गुहेश्वरी फाइनान्सले  ५.२६ प्रतिशत नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं–  गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले आफ्ना शेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

अशोज १ गते बसेको संचालक समितिको बैठकले कम्पनीले ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांशनेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
 
गत वर्ष कम्पनीले १५।७९५ बोनस सेयर दिएको थियो । हाल गुहेश्वरीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । यो फाइनान्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ६५ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा छ ।

5ba09c2c6d54f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको