Like us!
Follow us!
Connect us!
Watch us!

चितवनको कुमरोजमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

विहीबार, ०४ असोज २०७५, १२ : ५१ मा प्रकाशित

चितवनको कुमरोजमा ग्लोबल आइएमई  बैंकको   शाखारहित बैंकिङ्ग सेवा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकल बिहीबार नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ ।

बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका वडा नं. १२ कुमरोजमा आफ्नो १०३ औँ शाखारहित बैंकिङ्गसेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवितथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ ।

कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय राजेन्द्र श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ्गसेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखा अन्तर्गत रहने छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानियप्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवाउपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउन उद्देश्यले १३२ शाखा, १३७ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलनका उण्टर, १०२ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो समाचार छुटाउनु भयो कि ?

संविधानमा तीन खम्बे अर्थ नीति र अबको बाटो

७ करोड ३९ लाख कित्ता सेयर अनुमतिको पर्खाइमा

मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

सरकारले दिने निशुल्क प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिनुहोस्, दक्ष कामदारी बनी आयआर्जन बढाउनुहोस् ( विज्ञापनसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको