Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन शेयर बजार, नेप्से ४ अंकले घट्दा ५५ करोडको कारोबार

विहीबार, ०४ असोज २०७५, १६ : ११ मा प्रकाशित

रोकिएन शेयर बजार, नेप्से ४ अंकले घट्दा ५५ करोडको कारोबार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोवार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल २०.५७, विकास बैंक ४.६९ र अन्यको १.८३ बिन्दुले बढे पनि बैंकिङ १.६५, जलविद्युत् ७.७९, फाइनान्स ०.४८, निर्जीवन बीमा १०७.४८, उत्पादन ५.५१, माइक्रो फाइनान्स ५.०६, जीवन बीमा ७९.८१ बिन्दुले घटेको छ । व्यापार समूहको भने कुनै पनि कारोवार भएन ।सामान्य अंकले घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनी


घट्ने कम्पनी

यो समाचार छुटाउनु भयो कि ?

संविधानमा तीन खम्बे अर्थ नीति र अबको बाटो

७ करोड ३९ लाख कित्ता सेयर अनुमतिको पर्खाइमा

मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

सरकारले दिने निशुल्क प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिनुहोस्, दक्ष कामदारी बनी आयआर्जन बढाउनुहोस् ( विज्ञापनसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको