Like us!
Follow us!
Connect us!
Watch us!

ईटहरीको पहिलो उच्च गुणस्तरको सपिङ्गमल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स चाँडै खुल्दै

विहीबार, ०४ असोज २०७५, १८ : ५६ मा प्रकाशित

ईटहरीको पहिलो उच्च गुणस्तरको सपिङ्गमल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स चाँडै खुल्दै

अर्थ संसार, काठमाडौं– श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा. लि. ले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधा युक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स यही भदौ १० मा खोल्दै छ ।

बजारको आकर्षक स्थलमा रहेको १० तल्ले यस सेन्ट्रल मलको ग्राउन्ड फल्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तराष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् जहाँ सँसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चोथौ तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ ।

सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स मा दुई वटा स्क्रिन रहनेछ । २४० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र इङ्गलिस सिनेमाहरु घम् मा हेर्न पाइने छ ।

हलमा पाईने अत्याधुनिक प्रविधिको सुविधायुक्त फुल एयर कन्डिसन भएको कोठाहरु र आरामदायी सीटहरुले फिल्म हेर्न आउने दर्शकहरुलाई नौलो र रमाइलो अनुभव गराउने छ । सिनेफ्लिक्समा दर्शकहरुको चाहना अनुसारका भेजिटेरियन र नन–भेजिटेरियन स्न्याक्स जस्तै सान्डवीच, पपकर्न, नाचोस, र चिसो ड्रिङ्कहरु पनि उपलब्ध गराइनेछ ।

सेन्ट्रल प्लाजाको ६, ७, ८ र ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा.लि को नयाँ लगानीको होटल भरन्डा खोलिने छ । यो होटलमा ३६ आकर्षित कोठाहरु हुनेछन् र सबै कोठामा ईटहरी शहरको दृश्य देख्न सकिने भरन्डाको व्यवस्था हुनेछ ।

सेन्ट्रल प्लाजा र सिनेफ्लिक्सको समुद्घाटन पछि ईटहरी र यस वरपर को दर्शकहरुले नौलोपनको अनुभव गर्नेछ । यो सपिङ्ग मलले परिवार र साथीभाईहरु सँग आनन्दपुर्वक रमाइलो गर्ने मौका दिनुका साथै मुभिहलले दर्शकहरुलाई फिल्म हेर्ने नयाँ अनुभव दिनेछ । सेन्ट्रल प्लाजा र सिनेफ्लिक्स श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा.लि को पहिलो प्रयास हो र यसले दर्शकहरुलाई भरपुर सन्तुष्टि दिने विश्वास लिइएको छ ।

    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको