काठमाडौं - बहुप्रतिक्षित काठमाडौं - तराईरमधेश द्रुतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आकलन गरिएको समाचार आजको कारोबारमा छापिएको छ ।
दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको छ ।
७६।२ किमी लम्बाईको यो आयोजना २०७८ भित्र निर्माण कार्य सक्ने गरी सम्पूर्ण व्यवस्थापनको जिम्मा सेनाले लिइसकेको छ । ४ लेनको द्रुतमार्ग पहाडमा २५ र तराइमा २७ मिटर चौडा हुने छ ।
सेनाले उल्लेख गरेको यो अनुमानित लागत सन् २००१ मा एसियाली विकास बैंक ९एडीबी० ले गरेको सर्वेक्षणभन्दा ४५ अर्ब बढी हो । एडीबीले १० बर्षअघि गरेको सर्वेक्षणमा द्रुतमार्गको लागत ९० अर्ब हुने उल्लेख गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस