Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा

शुक्रबार, ०५ असोज २०७५, १५ : ५९ मा प्रकाशित

गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा

अर्थ संसार, काठमाडौं–  मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ ।

मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुभयो ।

नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको बताउँदै मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदीबासीलाई सजिलो भएको बताउनुभयो । नगरपालिकाको वडा न. ५ र ६ को वृद्घाभत्ता मेगाको शाखारहित बैंकिङ्ग सेवाबाट हुने उहाँले घोषणा पनि गर्नुभयो ।

वडा न. ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताउनुभयो ।

शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ्ग प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिनेहुँदा खातावालाको रकम सुरक्षित रहने बताउनुभयो । उहाँले ढुक्क भई मेगा बैंकको अत्याधिक बैंकिङ सेवाको रुपमा रहेको शाखारहित बैंकिङ सेवाको सुविधा उपभोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

यो हुर्नु भयो ?

चीनको शहरमा उड्ला नेपाल वायु सेवा निगमका जहाज

चक्रपथ सडक विस्तारको मूख्य समस्या घरटहरा

यस साता २ अर्ब ६२ करोडको कारोबार 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको