Like us!
Follow us!
Connect us!
Watch us!

विश्व पर्यटन दिवसको अवसरमा टानले हाइकिङ्ग आयोजना गर्दै

शुक्रबार, ०५ असोज २०७५, १७ : २२ मा प्रकाशित

विश्व पर्यटन दिवसको अवसरमा टानले हाइकिङ्ग आयोजना गर्दै

अर्थ संसार, काठमाडौं– विश्व पर्यटन दिवस २०१८ को अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा यस वर्ष सबै पर्यटनसँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा “Tourism and The Digital Transformation” भन्ने मूल नाराका साथ सुर्य चौर, ककनीमा असोज गते   मा हाइकिङ्ग कार्यक्रमको आयोजना गर्दैछ । "Tourism and the Digital Transformation" को नारासंग देशभर विश्व पर्यटन दिवस मनाउदै छ । यस कार्यक्रमको प्रमुख  अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी  हुने कार्यक्रम  छ ।

हाइकिङ्ग ककनी मेमोरियल पार्कबाट सुरु भएर शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर मा अन्त्य हुनेछ । समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल जस्ता अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य अवलोकन गर्न सकिन्छ ।

सूर्यचौर हाइकिङ्गको लागि एक उत्तम गन्तव्य स्थल हो जहाँ प्रकृतिमा डुब्न र सहरी क्षेत्रहरूबाट टाढा जान सकिन्छ। यहाँबाट १७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकण गर्न सकिन्छ । सूर्यचौर काठमाडौंबाट नजिक रहेको हाइकिङ्ग गन्तव्य स्थल हो जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्रबिन्दुको रुपमा परिचित रहेको छ ।

यस हाइकिङ्ग कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब कृष्ण प्रसाद देवकोटा, पर्यटन व्यवसायीहरु , डिप्लोम्याट्स , सेलिब्रिटीज र मिडियाहरु सहभागी हुनेछन् ।

पदयात्रा मार्ग अनुगमन तथा मर्मत विभागका संयोजक बाबुराम गुरुङको नेतृत्वमा, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना,  खेलकुद र कार्यक्रम विभागका संयोजक  ऋतु ग्याम्दान, मिडिया तथा कम्यूनिकेशन  विभागका संयोजक गोपाल श्रेष्ठ, संस्कृति, कला र भाषा संरक्षण विभागका संयोजक महेश कुमार बुढा र मिडिया अफिसर सुबिना मानन्धर द्वारा सेप्टेम्बर १९ मा सो हाइकिङ्ग रूटको भ्रमण र निरीक्षण गरियो।

5ba4d8f583c45.jpg 5ba4d8f5e1693.jpg 5ba4d8fadb130.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको