Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको प्रथम बार्षिकोत्सव : २९ करोड ६९लाख रुपैयाँ प्रिमियर संकलन

आइतबार, ०७ असोज २०७५, ०८ : १० मा प्रकाशित

सन नेपाल लाइफको प्रथम बार्षिकोत्सव  : २९ करोड ६९लाख रुपैयाँ प्रिमियर संकलन

अर्थ संसार, काठमाडौं - २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।  बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको छ ।

कम्पनीले स्थापनाको १ वर्षको अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममाबैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ भने यस कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यको साधारण सेयर शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको