अर्थ संसार
काठमाडौं–खानी खोला हाइड्रो पावर कम्पनीको ४६लाख ५७ हजार १ सय ४३ कित्ता सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । खानी खोलाले केही १ सय रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर केही महिनाअघि निष्कासन गरेको थियो ।
यसअघि हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस