Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको ६ प्रतिशत बोनस शेयर मूल्य समायोजन

आइतबार, ०७ असोज २०७५, १३ : ०९ मा प्रकाशित

रिडी हाइड्रोपावरको ६ प्रतिशत बोनस शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – रिडी हाइड्रोपावर कम्पनीको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि आइतबार रिडीको सेयर कारोबार प्रतिकित्ता ११४ रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १७४ रुपैयाँ ४१ पैसा छ ।

रिडीले असोज २० गते हुने वार्षिक साधारण सभामा ६ प्रतिशत बोनस शेयर र कर तिर्न ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।

साधारण सभा गर्न रिडीले आइतबारदेखि बुक क्लोज गरेको हो । कम्पनीले ६ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव पनि पेश गर्नेछ ।

5ba7409021b63.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको