Like us!
Follow us!
Connect us!
Watch us!

टीकाको साइत ९ः५१ मा

सोमबार, ०८ असोज २०७५, १० : १४ मा प्रकाशित

टीकाको साइत ९ः५१ मा

अर्थ संसार, काठमाडौँ, असोज ८ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गरेको छ । 
असोज २४ गते नवरात्र मेला सुरु भई सोही दिन बिहान ७ः१५ बजे घटस्थापना २८ गते पचली भैरव यात्रा, ३० गते फूलपाती, सोही दिन बिहान ९ः२१ बजे तुलजा यात्रा र ३१ गते महाअष्टमी र कात्तिक १ गते महानवमी भई बडादशैँ कात्तिक २ गते परेको छ । टीकाको साइत ९ः५१ बजे शुभ मानिएको छ । 
कात्तिक ६ गते जमरा सेलाउने र ७ गते कोजाग्रत पूर्णिमा तोकिएको छ । पर्चा परम्परा अनुसार साइत उपत्यकाका तीनवटै मल्लकालीन दरवारका ढोकामा सर्वसाधारणको जानकारीका लागि टाँस भएको हनुमानढोका दरवार हेरचाह अड्डाका पर्वपूजा समितिका संयोजक मिठाराम पुडासैनीले जानकारी दिनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको