अर्थ संसार, भद्रपुर– झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । बालिका र युवकको घर सँगसँगै रहेकाले युवकको नाम खुलाउन नमिल्ने प्रवक्ता बस्नेतले बताउनुभयो ।
प्रहरीका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई साइकलमा राखेर युवकले घुमाउन लगेका थिए । नाताले मामा पर्ने युवकले घुमाउन लगेको मौका छोपी जलथलको जङ्गलमा बालिकालाई बलात्कार गरेका थिए ।
अपराह्न घर फर्किएकी बालिकाको योनीमा रगत देखेपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले आइतबार राति नै युवकलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । यसअघि गत साउन २० गते झापाकै अर्जुनधारा नगरपालिका वडा नं २ मा छिमेकी १५ वर्षीय युवकले चार वर्षीया बालिकालाई बलात्कार गरेका थिए । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस