Like us!
Follow us!
Connect us!
Watch us!

तेलको मूल्य ४ वर्षकै उच्च विन्दुमा

मंगलबार, ०९ असोज २०७५, ०८ : २४ मा प्रकाशित

तेलको मूल्य ४ वर्षकै उच्च विन्दुमा

लण्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ४ वर्षकै उच्च विन्दुमा पुगेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक)ले तत्कालै उत्पादन वृद्धिको घोषणा गर्न अस्वीकार गरेपछि सोमवार तेलको भाउ २ प्रतिशत बढेर ४ वर्षकै उचाइमा पुगेको हो ।

लण्डनस्थित आईसीई फ्युचर्सको कोमेक्स डिभिजनमा ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल २ दशमलव ७ प्रतिशत बढेर ८० डलर ९४ सेण्ट पुगेको थियो । यो सन् २०१४ को नोभेम्बरयताकै उच्च हो ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ६ बजे ब्रेण्ट क्रुडको मूल्य केही घटेर ८० डलर ३० सेण्टनजीक थियो । यो समाचार तयार पार्दासम्म अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इण्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि प्रतिब्यारेल १ दशमलव ९८ प्रतिशत बढेर ७२ डलर शून्य १३ सेण्टमा कायम भएको थियो ।

तेल उत्पादन बढाउन ओपेकले अस्वीकार गरेकाले भाउ बढेको बताउँछन् फ्र्याङ्कफर्टस्थित कमर्ज बैङ्कका कमोडिटिज विश्लेषक काष्र्टेन फ्रिश्च । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्यवृद्धि रोक्न प्रभावकारी कदम चाल्न भनेका थिए ।

तर, ओपेकको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबले आइतवार तत्कालै उत्पादन बढाउन अस्वीकार ग¥यो । ‘मैले मूल्यलाई प्रभावित पारेको छैन,’ अल्जियर्समा ओपेक र ओपेकबाहिरका तेल उत्पादकहरूको बैठककै क्रममा आयोजित पत्रकार सम्मेलनमा साउदीका तेल मन्त्री खलिद अल–फलिहले भने ।

सो बैठकले उत्पादन वृद्धितर्फ केही कदम चाल्ने अनुमान गरिएको थियो । तर, बैठक थप आपूर्ति बढाउनेबारे औपचारिक सुझावविना नै टुङ्गियो । ओपेकले अहिले नै तेलको मूल्य घटाउनुपर्ने गतहप्ता ट्रम्पले बताएका थिए । ओपेक ट्रम्पको मागप्रति सकारात्मक नरहेको सोमवार इरानी तेलमन्त्री बिजान जङ्गनेहले पनि भनेका छन् ।

तेलको भाउ १ सय डलरमाथि पुग्ने अनुमान

तेलको भाउ सय डलरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नोभेम्बरदेखि पूर्णरूपमा लागू भएपछि बजारमा आपूर्ति घट्ने र यसैले तेलको भाउलाई टेवा दिन सक्ने कमोडिटिज व्यापारीहरूले बताएका हुन् ।

तेलको भाउ डिसेम्बरसम्ममा प्रतिब्यारेल ९० डलर पार गर्ने र सन् २०१९ को शुरूमा यो १ सय डलरमाथि पुग्ने व्यापारीहरूको भनाइ छ । इरानीमाथि अमेरिकी प्रतिबन्धका कारण बजारमा १५ लाखदेखि २० लाख ब्यारेल आपूर्ति बन्द हुन सक्ने अनुमान गरिएको छ । सो अभाव पूर्ति गर्न ओपेकले तत्कालै कुनै निर्णय नगरेकाले तेलको भाउले टेवा पाउने बताइएको हो । एजेन्सीहरू

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको