Like us!
Follow us!
Connect us!
Watch us!

रोनाल्डोलाई पछि पार्दै फिफा उत्कृष्ट खेलाडी अवार्ड मोडरिकले जिते

मंगलबार, ०९ असोज २०७५, ०८ : ४४ मा प्रकाशित

रोनाल्डोलाई पछि पार्दै फिफा उत्कृष्ट खेलाडी अवार्ड मोडरिकले जिते

काठमाडौं - फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।

मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।

उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको