Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको शिक्षामा योगदान : कम्प्युटर र शैक्षिक सामाग्री हस्तान्तरण

मंगलबार, ०९ असोज २०७५, १८ : ४७ मा प्रकाशित

जनता बैंकको शिक्षामा योगदान : कम्प्युटर र शैक्षिक सामाग्री हस्तान्तरण

अर्थ संसार, काठमाडौं–  जनता बैंक नेपाल लिमिटेडले आफ्ने आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

बैंक एक कार्यक्रम गरी दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जन विकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण बैंकले जनाएको छ ।

  बैंकका दार्चुला शाखा प्रमुख प्रकाश दत्त भट्टले एक समारोहका बिच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको थियो । दार्चुलाजिल्लाको विकट क्षेत्रमा रहेको उक्तविद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बिचार ब्यक्त गर्नु भयो । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको छ ।

त्यसै गरी बैंकले लमजुङको बेशीसहर नगरपालिका वडा नं. १, रामचोकबेशीमा अवस्थित श्री बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको संचालक समिति अध्यक्ष् केशव बहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गर्नुभएको हो । 

संविधान–सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्तगर्नु भयो ।

बैंकले हाल देश भरीबाट १२३ शाखा, ४० शाखा रहित बैंकिङ,७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको