Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको आइपीओ बाँडफाँट,१ लाख १३ हजार १७७ जनाको हातमा १० कित्ता

बुधबार, १० असोज २०७५, ०८ : ४४ मा प्रकाशित

कालिका पावरको आइपीओ बाँडफाँट,१ लाख १३ हजार १७७ जनाको हातमा १० कित्ता

अर्थ संसार, काठमाडौं – कालिका पावरको साधारण शेयर (आइपिओ) बुधबार आइपीओ बाँडफाँट भएको छ । यो आइपीओमा गोलाप्रथामार्फत १ लाख १३ हजार १७७ जना लगानीकर्तालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको छ ।

कालिकाको आइपीओमा कुल ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमध्ये १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।
 
कालिकाले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । तर कर्मचारीलाई छुट्याएइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै थप गरी बाँडफाँट गरिएको छ ।

IPO रिजल्ट यसरी हेर्न सक्नुहुनेछ ।

हामीले PDF राख्ने छौँ । रिजल्ट हेर्नको लागि तलको लिंक खोली लाइक गर्नुहोला ।

https://www.facebook.com/arthasansar/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको