Like us!
Follow us!
Connect us!
Watch us!

पुनः निर्माण गर्न ६०० अर्ब लाग्ने, पुन निर्माण प्राधिकरणका कार्यकारीले जोहो गर्लान् त ?

बुधबार, १० असोज २०७५, १४ : ३८ मा प्रकाशित

पुनः निर्माण गर्न ६०० अर्ब लाग्ने, पुन निर्माण प्राधिकरणका कार्यकारीले जोहो गर्लान् त ?

अर्थ संसार, काठमाडौँ – भूकम्प पछिको पुनः निर्माणका लागि अपुग रकम खोज्न पुनः निर्धाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अमेरिका तर्फ लाग्नु भएको छ ।

पुननिर्माणका क्रममा अपुग भएको रु ६०० अर्बको जोहो गर्न ज्ञवालीको प्रस्तुतिले महत्वपूण भूमिका खेल्ने विश्वास लिइएको छ ।

२०७२ सालको भूकम्पपछिको पुननिर्माणका लागि ९३८ अर्ब रुपैंयाँ लाग्ने प्रक्षेपण गरिएको थियो । सोमध्ये राहत र पुनस्थापनामा खचिएको रु ६७ अर्ब सहित कुल रु ३३८ अर्ब खर्च भैसकेको छ ।

दाता सम्मेलनमा दाताहरुले रु ४१० अर्ब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो मध्ये रु ३२९ अर्ब प्राप्त भैसकेको छ भने रु ८१ अर्ब सम्झौताको चरणमा रहेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा सुशिल ज्ञवाली अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्रा्ष्ट्रिय समुदायबाट आर्थिक लगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छुु, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।

कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ ।

संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं विश्व बैंक जस्ता अन्तर्रा्ष्ट्रिय संस्थाहरुको प्रस्तुति रहने कार्यक्रम छ ।

अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्किनेछन् ।

छुटाउनु भयो कि ?

कालिका पावरको आइपीओ बाँडफाँट,१ लाख १३ हजार १७७ जनाको हातमा १० कित्ता

के शेयर बजार अब बुम बुम हुँदैछ, अर्ब माथिको कारोबारले ल्याएको खुसी

नेपाल– चीन ऊर्जा संयन्त्रको बैठक बिहिबारदेखि , यस्ता छन् एजेण्डा

टेकु, सिटी सेन्टर र वीरेन्द्रनगरमा मेगा बैंकको एटीम सेवा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको