Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले दियो शेयर ब्रोकर कम्पनीलाई कडा निर्देशन, कानून नमान्नेलाई कारवाही गर्ने तयारी

विहीबार, ११ असोज २०७५, १२ : ०१ मा प्रकाशित

सेबोनले दियो शेयर ब्रोकर कम्पनीलाई कडा निर्देशन, कानून  नमान्नेलाई कारवाही गर्ने तयारी

अर्थ संसार, काठमाडौँ –  धितोपत्र बोर्डले कानूनसम्मत तरिकाले कर्मचारीको सेवा तथा सुविधा उपलब्ध गराउन धितोपत्र व्यवसायीलाई निर्देशन दिएको छ ।

कतिपय व्यवसायीले कर्मचारीको सेवा, शर्त, विनियमावली नबनाएको, न्यूनतम तलब तथा सुविधासमेत नदिएको पाइएपछि बोर्डले आज एक निर्देशनमार्फत कानूनसम्मत तवरले सेवा सुविधा उपलब्ध गराउन आग्रह गरेको हो । कर्मचारीलाई कानून र प्रक्रिया नपुर्याइ काममा लगाएको, न्यूनतम योग्यतासमेत नपुगेका कर्मचारी राखिएको भन्ने गुनासो बोर्डमा आएकाले त्यस्तो निर्देशन दिनुपरेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो ।

सरकारले हालै तोेकेको न्यूनतम पारिश्रमिकसम्बन्धी कानूनी व्यवस्थाको केन्द्रमा रही योग्यता र विशिष्टताका साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औसत सेवा सुविधालाई दृष्टिगत गरी न्यूनतम पारिश्रमिक उपलब्ध गराउन बोर्डले सबै धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकलाई निर्देशन दिएको छ ।

यस्तै कार्यरत कर्मचारीलाई अनिवार्यरुपमा निजको जिम्मेवारी तथा सेवा शर्त खुल्ने गरी नियुक्ति गर्न, पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नसमेत बोर्डले आग्रह गरेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

कानूनीरुपमा पूरा गर्नुपर्ने प्रावधान पूरा गरी त्यसको जानकारी ४५ दिनभित्र बोर्डलाई गराउनसमेत निर्देशन दिइएको छ । सरकारको निर्णयअनुसार गत साउन ३२ गते राजपत्रमा प्रकाशित व्यवस्था कार्यान्वयन गर्नसमेत बोर्डले धितोपत्र व्यवसायी र मर्चेन्ट बैंकलाई निर्देशन दिएको छ ।

5bac7a4bc19fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको