Like us!
Follow us!
Connect us!
Watch us!

एकै छानामुनी सस्तो मूल्यमा सामान, स्टक क्लियरेन्स मेला सुरु

विहीबार, ११ असोज २०७५, २० : २५ मा प्रकाशित

एकै छानामुनी सस्तो मूल्यमा सामान, स्टक क्लियरेन्स मेला सुरु

अर्थ संसार, काठमाडौँ- दशैंका लागि आवश्यकब सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छानामुनी सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।

बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको हो । एकै छानामुनी स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले मेलाको सञ्चालन गरेको हो । मेलालाई नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ । 

मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने गरेको बताए । मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गए पनि ठुलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफुहरु प्रदर्शनीस्थल तयार गर्न अग्रसर हुने उनले बताए ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । 

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् ।

राजधानीका साथै राजधानी आसपासका उपभोक्ताले मेलाबाट लाभ लिन सक्ने छन् भने बिक्रेताहरुले पनि एकै स्थानमा फरक किसिमका उत्पादन बिक्री गर्न पाउने छन् । 

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेला असोज १५ गतेसम्म चल्ने छ ।

5bacedaa0a71f.png 5bacedabdd7c6.png 5bacedb0df787.png 5bacedb234b8c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको