Like us!
Follow us!
Connect us!
Watch us!

पर्वतको ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

विहीबार, ११ असोज २०७५, २१ : २१ मा प्रकाशित

पर्वतको ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

अर्थ संसार, काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ ।

कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो ।

वडा अध्यक्ष लामिछानले पर्बत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका ज्ञादीका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवाले सहज बनाउने बिश्वास व्यक्त गर्नुभयो ।

मेगा बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जानकारी दिनुभयो । गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैंयासम्म शाखारहित बैंकिङ्ग सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उहाँले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको