Like us!
Follow us!
Connect us!
Watch us!

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

शुक्रबार, १२ असोज २०७५, ०८ : ०० मा प्रकाशित

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ।सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो।

व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ।

एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ पुगेको छ। विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकेजी ५४ मा पाइने चिनी यहाँका सर्वसाधारण २६ रुपैयाँ महँगो तिर्न बाध्य छन्।

विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य प्रतिकिलो ५९ यथावत राखेको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

शेयर बजारमा धैर्यता जरुरी, यसरी गर्नुस लगानी, प्रतिफल ग्यारेन्टी

प्रमाणपत्र धितोमा राखेर ७ लाखसम्म शैक्षिक कर्जा पाइने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको