Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको लिलामी शेयर किन्ने हो ? आज अन्तिम दिन

शुक्रबार, १२ असोज २०७५, ०८ : १३ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको लिलामी शेयर किन्ने हो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं –सेन्ट्रल फाइनान्स लिमिटेडले लिलामी प्रकृयाबाट विक्रीमा ल्याएको संस्थापक समूहको हकप्रद शेयरमा आवेदन दिने शुक्रवार असोज १२) अन्तिम दिन रहेको छ ।

कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ५६ हजार ३ सय ८ दशमलव ७२५ कित्ता हकप्रद शेयर असोज ४ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य प्रति शेयर १ सय तोकिएकाले सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोलका लागि आवेदन दिनुपर्नेछ ।

शेयरमा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतमका लागि कुनै हद तोकिएको छैन् । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

शेयर बजारमा धैर्यता जरुरी, यसरी गर्नुस लगानी, प्रतिफल ग्यारेन्टी

प्रमाणपत्र धितोमा राखेर ७ लाखसम्म शैक्षिक कर्जा पाइने 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको