Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस

बुधबार, २० पुस २०७३, ११ : ५७ मा प्रकाशित

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस

अर्थ संसार

काठमाडौं–कुमारी बैंकको बोर्ड बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै कर प्रयोजनका लागि १.१० प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।  बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । बैंकले गत आर्थिक बर्ष७४ करोड मुनाफा कमाएको थियो ।

चुक्तापूँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको बैंकले २१ प्रतिशत बोनस वितरण गरेपछि चुक्तापूँजी ३ अर्ब २६ करोड रुपैयाँ नाघ्नेछ । बैंकले अहिले कायम चुक्ता पँजीको ५० प्रतिशत हकप्रद सेयर वितरण गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कुमारीले काष्ठमण्डप विकास बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गर्न सम्झौता गरिसकेको छ । यी संस्था एकिकृत भएपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको