Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया ग्रोथ फण्डको शेयरमा ५० करोड लगानी

शुक्रबार, १२ असोज २०७५, ०८ : २४ मा प्रकाशित

एनआइसी एशिया ग्रोथ फण्डको शेयरमा ५० करोड लगानी

अर्थ संसार, काठमाडौं – एनआइसी एशिया बैङ्क म्युचुअल फण्डद्वारा सञ्चालित एनआइसी एशिया ग्रोथ फण्डले भदौ मसान्तमा धितोपत्रमा  ५० करोड ११ लाख लगानी गरेको छ ।

साउन मसान्तमा सो लगानी  ४४ करोड ७० लाख गरेको थियो । योजनाले सो लगानी शेयर, ऋणपत्र र मुद्धतिमा गरेको हो ।

योजनाको नाफा  १ करोड ५० लाख पुगेको छ । शेयर बजार बढेसँगै योजनाको नाफा बढ्न पुगेको हो । योजनाको बैङ्क मौज्दात  ३७ करोड २७ लाख रहेको छ । योजनाको कुल लगानी  ५० करोड ११ लाख रहेको छ । योजनाको खुद सम्पत्ति  ८६ करोड ४४ लाख पुगेको छ ।

योजनाको जम्मा जारी एकाई सङ्ख्या ८ करोड ३५ लाख रहेको छ । योजनाले ५५ कम्पनीमा ३५ करोड २३ लाख शेयरमा लगानी गरेको छ । योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य  १० दशमलव ३५ रहेको छ ।

योजनाले ब्याज आम्दानी मार्फत  ९६ लाख ५७ हजार आर्जन गरेको छ । योजनाको प्राप्त नभइसकेको आम्दानी  ८५ लाख २९ हजार रहेको छ । योजनाको व्यवस्थापक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

शेयर बजारमा धैर्यता जरुरी, यसरी गर्नुस लगानी, प्रतिफल ग्यारेन्टी

प्रमाणपत्र धितोमा राखेर ७ लाखसम्म शैक्षिक कर्जा पाइने

सेन्ट्रल फाइनान्सको लिलामी शेयर किन्ने हो ? आज अन्तिम दिन 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको