Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र भारतका मन्त्रीले निरीक्षण गरे पेट्रोलियम पाइपलाइन परियोजना, ५० प्रतिशत काम सम्पन्न

आइतबार, १४ असोज २०७५, ११ : ३६ मा प्रकाशित

नेपाल र भारतका मन्त्रीले निरीक्षण गरे पेट्रोलियम पाइपलाइन परियोजना, ५० प्रतिशत काम सम्पन्न

अर्थ संसार, काठमाडौं–  अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको अवस्थाबारे नेपाल र भारतका मन्त्रीहरुले अमलेखगन्जस्थित डिपोको ‘स्टेशन वर्क’ स्थलगत निरीक्षण गरेका छन् ।

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तथा भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र भारतीय आयल कर्पोरेशनका उच्च पदाधिकारीले निरीक्षण गर्नुभएको पेट्रोलियम पाइपलाइन निर्माण कार्यालय सिमराका इन्जिनियर शरदकुमार पौडेलले बताउनुभयो ।

  दुवै देशका मन्त्रीहरुले अमलेखगन्जस्थित डिपोको स्टेशन वर्कको निरीक्षण, पाइपलाइन निर्माणको अवस्था तथा प्रगतिबारे जानकारी लिनुभएको थियो । नेपालतर्फ हालसम्म ५० प्रतिशत पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको