Like us!
Follow us!
Connect us!
Watch us!

निर्मला हत्याकाण्ड :अनुसन्धानमा प्रमाण नष्ट गरेको आरोप लागेका एसपी विष्टसहित तीन जनाको डीएनए रिपोर्ट मिलेन

आइतबार, १४ असोज २०७५, १६ : ०५ मा प्रकाशित

निर्मला हत्याकाण्ड :अनुसन्धानमा प्रमाण नष्ट गरेको आरोप लागेका एसपी विष्टसहित तीन जनाको डीएनए रिपोर्ट मिलेन

अर्थ संसार, काठमाडौं– कञ्चनपुरको भीमदत्तनगरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्टको आरोप लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुश विष्टको डीएनएर रिपोर्ट खोलिएको छ ।

झण्डै दुई साताअघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डीएनए परिक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिर्पोटलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ ।

कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट सहितको उपस्थितिमा रिपोर्ट खोलिएको हो । उनीहरु तीनै जनाको रिपोर्ट नमिलेको प्रहरीले जनाएको छ ।

आन्दोलनका बेला तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट, उनका छोरा किरण र अर्का युवक आयुषको डीएनए परीक्षणको माग बमोजिम प्रहरी प्रधान कार्यालयले घटनाको थप अनुसन्धानका लागि डीएनए परीक्षण गरेको थियो ।

सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले पनि रिपोर्ट निगेटिभ भएको बताउनुभयो । यसअघि घटनाका मुख्य अभियुक्त भनिएका दिलिप विष्ट र भीमदत्त नगरपालिका निम्बुखेडाका चक्र्रदेव बडूको समेत डीएनए रिपोर्ट मिलेको थिएन ।

यसअघि पक्राउ परेका दुई र बाँकी यी तीनै जनाको डीएनए रिपोर्ट नमिलेपछि घटना झन रहस्यमय बन्दै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको